word
stringlengths
1
47
grammar
stringclasses
66 values
etymology
stringlengths
0
42
definition
stringlengths
2
2.89k
अप्रकृत
वि.
[सं.]
१. प्रकृत वा स्वाभाविक नभएको। | २. विषय नमिलेको; भिन्न विषयको; अप्रासङ्गिक।
पण्डितम्मन्य
वि.
[सं.]
पण्डितमानी।
अर्थप्रद
वि.
[सं.]
१. अर्थ दिने; सार्थक। | २. धनदाता; वृत्तिदाता।
हुल्को
ना.
कुलामा बगेर आएको एक भुल्को पानी।
सपुले
ना.
[सुनु.]
सुनकोसीको तीर हुँदै पूर्वी नेपालमा छरिएर बसेका किराँत जातिको एक थर।
प्रद
वि.
[सं.]
नाम शब्दका पछाडि जोडिएर 'दिने' भन्ने अर्थ बुझाउने विशेषणवाचक उत्तर पद।
ह्वाङो
वि.
पूरै खुला।
पत्रालाप
ना.
[सं.]
चिठीपत्र आदिका सहायताबाट हुने विचारको आदानप्रदान।
चोरीसिकारी
ना.
वनपालेलाई छलेर सुटुक्क सिकार खेल्ने कार्य।
नमकहलाल
वि.
कसैको नुन खाएपछि नुनको सोझो गर्ने; कृतज्ञ।
छुट्टा
वि.
[छुट]
१. खुद्रा पैसा। | २. अलग; भिन्न; छुट्टो; छुट्ट। | ३. आफ्नो समूह वा ठाउँभन्दा अलग्ग बसेको; छुट्टिएको; बेग्लै भएको।
बल्याउनु
सक्रि.
[बाली+आउ+नु]
धान, कोदो आदि अन्नका बाला बिउका निम्ति छानेर काट्नु; राम्रोसित फलेका र राम्रा दाना भएका धान वा कोदाका बाला छानी छानी टिप्नु।
पधौरे
वि.
पदुवा; पदौरे।
कबाज
ना.
[अ.]
हे. कवाज।
खर्रा
ना.
खरेटो।
जमिनदारी
ना.
१. जमिनदारको खुवा वा बिर्ता; जिरायत। | २. जमिनदारको पद वा दायित्व।
अन्डे
वि.
[अण्डा+ए]
१. अण्डकोष सुन्निएको; ठुला अण्ड भएको। | २. आँडे।
वर्णाश्रम
ना.
[सं.]
ब्राह्मण, क्षत्रिय, वैश्य र शूद्र चार वर्णले पालन गर्नुपर्ने सनातन धर्मअनुसारका ब्रह्मचर्य, गृहस्थ, वानप्रस्थ र सन्न्यास चार आश्रम।
पक्षधर
ना.
[सं.]
विभिन्न पक्षमध्ये एक पक्षतिर लाग्ने व्यक्ति; पक्षपाती।
मल्लो
वि.
माथिल्लो; माथिको।
भीमपलासी
ना.
इज्जत नभएको मान्छे; गाईजात्रे व्यक्ति।
डरमर्दो
वि.
डरलाग्दो; भयानक डर उब्जाउने; डर लाग्ने; भयङ्कर।
कथाप्रबन्ध
ना.
[सं.]
कथानकको जोरजाम; त्यसको परिकल्पना; कथाको सङ्गठन।
अरारी
ना.
[सं. आरी]
काठको अँगारबाट बारुद बनाइने काँडादार एक वनस्पति; त्यसैको फल।
थपाइनु
कक्रि.
१. थप्न लगाइनु। | २. थाप्ने तुल्याइनु।
खटन
ना.
[सं.]
१. आज्ञा; आदेश। | २. कसैलाई काममा पठाइने निधो; नियुक्ति। | ३. कुनै वस्तु खटाएर वा अड्कलेर दिने काम।
सिङ्गमर्मर
ना.
[फा. सङ्गमरमर]
सङ्गमरमर।
यज्ञधर्म
ना.
यज्ञ गरेपछि पाइने धर्म; यज्ञ गर्दा प्राप्त हुने धर्म।
लिँडेकुचो
ना.
बढार्दा बढार्दा बुच्चो भएको पुरानो कुचो।
सगियो
ना.
निरन्तर पानी परेको अवस्था; मनसुनी वर्षा; झरी।
छिणु
ना.
काठको सानो टुक्रो।
फटक
ना.
फड्कने काम; उफ्राइ; फट्काइ; फट्को।
स्मितवदना
वि.
[सं.]
हँसिलो अनुहार भएकी (स्त्री)।
बबी
ना.
आफूभन्दा सानो उमेरकी र उच्च कुलका केटीहरूलाई गरिेने आदरयुक्त सम्बोधन।
मण्डलक
ना.
[सं.]
१. ऐना। | २. कुकुर। | ३. डल्ला गाँठा र घेरा हुने कुष्ठरोग; गाँठेकोर। | ४. विम्ब। सावा।
धनेश्वर
ना.
[सं.]
१. कुबेर। | २. धनको मालिक। | ३. वाग्मती अञ्चलअन्तर्गत काभ्रे जिल्लामा पर्ने धान्य पूर्णिमा र सोपछिको पञ्चमीमा ठुलो मेला लाग्ने महादेवको प्रसिद्ध मन्दिर। | ४. विष्णु।
छिन्ताङ काण्ड
ना.
धनकुटा जिल्लाको छिन्ताङमा २०३७ सालमा वामपन्थी शक्तिलाई निर्मम रूपमा दमन गरी हत्या गरिएको, पक्राउ गरी थुनामा राखिएको, यातना दिइएको काण्ड।
रैखर्क
ना.
वस्तुभाउ चर्ने ठुलो खर्क।
वनमाली
वि.
[सं.]
१. कृष्ण। | २. लहराहरूबाट स्वागतद्वार आदि सजाइने एक जातको लहरो। | ३. वनमाला पहिरने।
धपधप
क्रिवि.
[अमू. (द्वि.) धप]
ज्वाला तरङ्गित हुँदाको आवाजसमेत हुने गरी बलेर वा उजेलिएर वा ननिभ्ने गरी; खुब सजिसजाउ हुने गरी; सिँगारिएर; धपक्क; धपधपी; धपधप्ती; लगातार बत्ती बाल्दा वा चम्कँदाको किसिमले।
पञ्च देवदारु
ना.
[सं.]
हिमाली स्थलमा ६००० देखि ८००० मिटरको क्षेत्रमा हुने देवतरुमध्येका पाँच देवदारु।
उतार्नी
ना.
[उतार+नी]
कसैको पछाडि उसको दोषको बखान गर्ने काम; अर्काको कुरा काट्ने काम; बदख्वाइँ।
पत्नीवान्
वि.
[सं.]
पत्नी भएको; विवाहित।
न्यायाधीन
वि.
[सं.]
न्यायको अधीन; न्यायमा आश्रित।
जिह्वारोग
ना.
[सं.]
जिब्राको रोग।
तकधिन
ना.
तबलाको आवाज।
एकाधिकार
ना.
[सं.]
कुनै उद्योग, व्यापार, खरिदबिक्री आदिमा एउटा व्यक्ति वा संस्थाको मात्र पूर्ण अधिकार भएको स्थिति; एकलौटी अधिकार; एकाधिपत्य।
प्रेषणादेश
ना.
[सं.]
कुनै सामान एक ठाउँबाट अर्का ठाउँमा पठाउने आदेश वा अधिकार प्राप्त भएको पत्र वा लिखत।
प्रतिकर्तव्य
ना.
[सं.]
कसैले गरेको असल कार्यको जबाफमा गरिने सत्कार्य।
बौराँजू
ना.
मालिक्नी।
मघैया
ना.
[प्रा. मगही< सं. मगध]
१. एक असल जातको पान; मगही। | २. प्राचीन कालमा स्तुति, गाथा आदि गाएर जीवनवृत्ति गर्ने एक जाति।
थोरो
ना.
[बहु./ति. थोरा]
पाडो; नब्याएको पाडी; थोरे।
मूलद्वारे
ना.
[मूल+द्वारे]
ढोकामा बस्ने पालेहरूमा मुख्य नाइके।
उन्निद्रता
ना.
[सं.]
जागापन; अनिदोपन।
प्रसङ्गतः
क्रिवि.
[सं.]
प्रसङ्गअनुसार; प्रसङ्गवश।
पन्ने
वि.
पन्ना भएको।
छावनी
ना.
छाउनी; फौज बस्ने ठाउँ।
पिरपिराहट
ना.
पिरपिराउने वा पिर पिर गर्ने काम वा प्रक्रिया।
क्युबी
ना.
[गु.]
नेपालको मध्यपश्चिमी पहाडी क्षेत्रमा बसोबास गर्ने गुरुङ जातिको एक थर।
ङिस्सिनु
अक्रि.
[अमू. ङिस्स+इ+नु]
ङिस्स पर्नु; हिस्सिनु; जिल्लिनु; ङिच्चिनु।
प्रतिबोधित
वि.
[सं.]
प्रतिबोध भएको वा गरिएको; चेतनाको जागरण भएको।
देख्नु न सुन्नु
टु.
कुनै कुरा नदेखिएको र नसुनिएको।
दुमुछा
ना.
[रा.]
नेपालको पूर्वी पहाडी क्षेत्र मूल थलो भएका राई जातिको एक थर।
पुँसी
ना.
हे. फुपू।
कुचो
ना.
[प्रा. कुच्चो]
धुलो, कसिङ्गर आदि बढार्ने बाबियो, सिरु, पराल, अम्रिसो आदिको मुठो; बढार्ने साधन; झाडु।
बग्दु
सक्रि.
[बग्+दु]
बग्नु।
ग्रसनीशोथ
ना.
[सं.]
घाँटी सुन्निने रोग।
चिल्सो
ना.
हे. चिलेसो।
भुक्तवैराग्य
ना.
[सं.]
भोगेर प्राप्त भएको वैराग्य।
गला सुक्नु
टु.
गलाबाट आवाज निस्कन नसक्नु।
सम्याङ्फुङ्
ना.
[लि.]
शिरफूल (सुनको फूल); एक प्रकारको गहना।
चियाउनु
सक्रि.
लुक्ने ठाउँ वा चेप, प्वाल, छड्के कोण आदिबाट हेर्नु; गुप्त चालले वा छलेर विशेष दृष्टि लगाउनु; चियो गर्नु; चेवा गर्नु।
भिच्छु
ना.
[कथ्य]
हे. भिक्षु।
सिङडा
ना.
हे. सिँगडा।
जर्साहेब
ना.
जर्नेल साहेब।
सङ्गीतलहरी
ना.
[सं.]
१. सङ्गीतकला वा सङ्गीतविद्याको किताब। | २. सङ्गीतको लहर वा तरङ्ग।
हिमानीसौन्दर्य
ना.
[सं.]
हिमानीशोभा; हिउँको सुन्दरता।
संसृत
वि.
[सं.]
१. प्रवाहयुक्त; वेगवान्। | २. बारम्बार जन्ममरण भइरहने। | ३. संसृतिमा आएको।
तब त
संयो.
त्यसैले; त्यसकारण।
नागवास
ना.
[सं.]
सर्प जातिको वास भएको ठाउँ; नाग रहेको ठाउँ; धारा, कुवा, पँधेरो आदि स्थान; मूल फुटेको थलो।
निलो
वि.
[सं. नील]
१. आकाशजस्तो गाढा रङको; नीर। | २. गाढा आकासे रङको; निलो रङ भएको।
छुट्याइनु
कक्रि.
छुट्याउन लाइनु।
तिक्त
वि.
[सं.]
१. जिब्राले थाहा पाउने छ रसमध्ये एक रस; तितो स्वाद। | २. करेलो, चिराइतो, निम आदिका स्वादको; तितो।
ढेस
ना.
[राज.]
अडेस।
कर्णगत
वि.
[सं.]
कानमा परेको; कानले सुनेको।
खुदो हुनु
टु.
आफूले भनेजस्तै परिणाम निस्कनु; भनेजस्तो लाभ हुनु।
धपेडी
ना.
[सं. धावन]
१. जिउले नसक्ने कामबाट हुने शारीरिक शिथिलता। | २. लगातारको हिँडाइ वा बढ्ता कामबाट हुने अत्यधिक परिश्रम; धामा।
त्रिपन्न
वि.
[सं. त्रिपञ्चाशत्]
१. पचास र तीनको योगसङ्ख्या; ५३ अङ्क। | २. पचास र तीनको योगसङ्ख्याको।
छरछराउनु
अक्रि.
[छरछर+आउ+नु]
पानी, रगत आदि छरछर आउनु।
सबीज
वि.
[सं.]
बीजसहितको।
भर्साउनु
सक्रि.
[भर्स+आउ+नु]
पकाइएको भात भर्सेलीमा वा मधुरो आँचमा राखेर चुरो मार्नु; ओथाउनु।
सगोत्र व्यभिचार
ना.
[सं.]
आफ्नै वा एउटै गोत्रका केटा र केटीमा हुने अनैतिक सम्बन्ध।
अधबेसुरो
वि.
[सं. अर्ध+बेसुरो]
१. गोज्याङ्ग्रो; लठेब्रो। | २. पूरा होस नभएको; आधा मात्र चेत भएको।
घुर
ना.
परेवा, माछा आदिको गुँड।
तरबारे फूल
ना.
तरबारका ढाँचाका पात हुने, निला वा राता रङका फूल फुल्ने एक जातको बोट वा त्यसैको फूल।
प्रतिध्वनन
ना.
[सं.]
प्रतिध्वनित हुने प्रक्रिया; गुँजाइ वा घन्काइ।
जुँगे
वि.
[जुँगा+ए]
१. जुँगाजस्तो; जुँघे। | २. जुँगावाल। | ३. लामा र धेरै जुँगा भएको (पुरुष)।
विपाश
ना.
[सं.]
पासो नभएको; जन्जाल हटेको।
पुत्रान्नाद
ना.
[सं.]
सन्तानको कमाइ वा आर्जनको भरमा निर्वाह गर्ने व्यक्ति।
क्रुद्ध्याउनु
प्रेक्रि.
रिस उठाउनु।