word
stringlengths
1
47
grammar
stringclasses
66 values
etymology
stringlengths
0
42
definition
stringlengths
2
2.89k
पाँचोटा
वि.
पाँचवटा; पाँचओटा।
पुमा
ना.
[कि.]
खोटाङतिरका राईहरूको जाति र तिनको भाषा।
हरिलन्ठु
वि.
लठुवा; बदमास; हरिलट्ठक।
निदाइलो
वि.
निद्रा लाग्ला जस्तो; सुतूँ सुतूँ हुने; निद्रालाग्दो।
यलगुच
ना.
[सुनु.]
सुनकोसीको तीर हुँदै पूर्वी नेपालमा छरिएर बसेका किराँत जातिको एक थर।
नभोमण्डल
ना.
[सं.]
आकाशको क्षेत्र; नभस्थल; आकाश मण्डल।
झारपोथर
ना.
[झार+पोथ्रो]
१. काटिएका, लुछिएका झारपात; घाँसपात। | २. झार र पोथ्रापोथ्री।
ह्यौदि
क्रिवि.
हे. ह्यौडि।
प्रालम्बिका
ना.
[सं.]
साङ्ली वा पट्टामा लट्काएर पहिरने एक प्रकारको विभूषण (यसलाई साङ्लीमा झुन्ड्याउँदा छातीका बिचमा र पट्टामा लट्काउँदा बायाँ कमरमुनि पार्नुपर्छ)।
उकुकु
ना.
१. हे. उकुउकु। | २. उकुसमुकुस हुने गरी गरिएको खानाको प्रयोग।
वाक्चे
ना.
खान नहुने जङ्गली फल; फूल लागे पनि फल नलाग्ने मेवा आदिको बोट।
दिलचस्पी
ना.
१. कुनै वस्तु वा विषयप्रति जाग्ने अभिरुचि; इच्छा; आकर्षण। | २. कुनै वस्तुमा भएको मनलाई लोभ्याउने गुण।
धूमचक्र
ना.
[सं.]
१. धूमधाम; उधुम; अचाक्ली। | २. खलबल; अनिश्चितता; भ्रमित गर्ने अवस्था। | ३. चक्राकार परेको धुवाँ वा धुवाँबाट बनेको चक्र; धूममण्डल। | ४. ठुलो झगडा; रडाको।
उद्धार दल
ना.
[सं.]
उद्धारमा खटिएको दल वा टोली।
मैतालु नानी
ना.
धेरै दिन माइत बसेकी दुलही; मैतालु मैया।
दामकामी
वि.
१. रुपियाँपैसासम्बन्धी काम गर्ने व्यक्ति। | २. दामकाम गर्ने; मोलतोल गर्ने। | ३. रुपियाँपैसाका कामसँग सम्बन्धित।
श्रमसाध्य
वि.
[सं.]
श्रमले मात्र पार लाउन सकिने; चर्को मिहिनेत गर्नुपर्ने; कष्टसाध्य।
रूपश्री
ना.
[सं.]
१. रूप नै सौन्दर्य वा सम्पत्ति। | २. रूपको शोभा; रूपको सौन्दर्य।
छापो
ना.
भर्खर उमार्न रोपेका बिउहरूलाई पराल, छ्वाली आदिले माथिबाट ढाक्ने काम।
जाट
ना.
१. किसानको एक जाति। | २. घुमफिर गरी व्यापार गर्ने एक जाति।
कामपत्नी
ना.
[सं.]
कामदेवकी स्त्री; रति।
मनोराज्य
ना.
[सं.]
१. कल्पनाले सिँगारिएका सुखद भावना; कल्पनाको स्वच्छन्द स्थल। | २. मनरूपी राज्य।
भैरो
ना.
शिवका प्रमुख गण; भैरव।
स्वरूपता
ना.
[सं.]
आकृतिको विशेषता; आफ्नो रूपको पहिचान।
दशनावली
ना.
[सं.]
हार मिलेका दाँतको पङ्क्ति; दाँतको लहर।
सुस्निग्ध
वि.
[सं.]
चाहेअनुसारको चिल्लो।
अस्थिकला
ना.
[सं.]
हाडमा कुँदिएको कालिगडी; अस्थिशिल्प।
नौसिखा
वि.
[सं. नव+सिकारु]
भर्खर सिकेर काममा संलग्न (व्यक्ति); सिकारु।
नोकरसाही
ना.
१. आश्रयदाताको चाकरी गर्ने प्रवृत्ति। | २. वेतनभोगी कर्मचारीहरूद्वारा सञ्चालित शासन प्रबन्ध।
अग्निभू
वि.
१. आगोबाट उत्पन्न भएको।ना. | २. कार्तिकेय।
पुन्नाम
ना.
[सं.]
निस्सन्तान व्यक्तिले भोग्नुपर्ने भनिने कडा नरक।
एकाने दोकाने
क्रिवि.
एक जनाको मुखबाट अर्काको कानमा, अर्काको मुखबाट झन् अर्काको कानमा पुगेर गोप्य कुरा फैलिने किसिम; एकान दोकान हुने किसिमले।
पेछिरिङ
ना.
[भो.]
नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने भोटे जातिको एक थर।
गला पाउनु
टु.
मिठो स्वरको हुनु; गीत गाउन सक्ने सुहाउँदो आवाज भेट्टाउनु।
सुप्रतिष्ठित
वि.
१. राम्ररी प्रतिष्ठापन वा स्थापना गरिएको। | २. राम्रो इज्जत भएको; प्रतिष्ठा पाएको। | ३. सुप्रसिद्ध; विख्यात।
कृतज्ञताज्ञापन
ना.
[सं.]
उपकार वा सहयोगी कार्यका निम्ति गुन मान्ने वा बताउने काम; आभारको अभिव्यक्ति।
आधी
वि.
[आधा+ई]
हे. आधा।
झपना
ना.
[गन्गा.]
कुनै वस्तु छोप्ने चिज।
खुत्लनु
अक्रि.
१. खुत्तिनु; खुल्कनु; नाङ्गिने गरी उत्रनु; उचेरिनु। | २. घाउ हुने गरी छाला जानु; नेप्रिनु; खुइलिनु।
गुड्डी हाँक्नु
टु.
धाक छोड्नु; नचाहिँदो फुर्ती लाउनु।
पैँचो
ना.
दिनेलाई खाँचो परेका बेलामा वा सकेका बेलामा फिर्ता गर्ने गरी छिमेकीबाट कुनै वस्तु, धन, माल लिने काम; पछि फिर्ता गर्ने गरी कसैसँग लिने वा कसैलाई केही दिने काम; ऐँचोपैँचो; सापटी।
गैरिक
वि.
[सं.]
१. गेरु। | २. सुन। | ३. गेरु रङको; गेरुवा।
खलनायिका
ना.
[सं.]
नाटक, चलचित्र आदिमा नायिकाका विरुद्धको भूमिकामा रहने प्रमुख नारी पात्र; प्रतिनायिका।
उच्छलित
वि.
[सं.]
१. उछाल भएको। | २. छाल उठेको।
चिर्कुटो
ना.
चिर्कटो।
ग:तानि डुब्का
ना.
गहतको दालमा मासका बारा वा फुरौला हालेर बनाइएको दालको परिकार।
खाप्सो
ना.
[थका.]
अतिथिलाई खाजा।
उपद्रव
ना.
[सं.]
१. आकस्मिक सङ्कट। | २. उपद्रो। | ३. बिजाइँ; उत्पात।
तथाकथित
वि.
[सं.]
त्यसो भनिएको; भनाउँदो; नाममात्रको; कथित।
हवाईयुद्ध
ना.
वायुयानद्वारा लडिने युद्ध।
लुत्कनु
अक्रि.
[अनु. लुत+क+नु]
बल गरेर दलिँदा वा तानिँदा छाला वा बोक्राजस्ता नरम वस्तु पल्टिनु; खोस्सिनु वा खुत्तिनु; खुल्किनु; फुत्किनु।
असमर्थ पद
ना.
[सं.]
चाहेको अर्थ प्रकट गर्न नसक्ने पद।
फेरिँदो
वि.
बदलिँदो; परिवर्तन हुने; साटिँदो।
सूर्यकान्त
[सं.]
१. सूर्यको किरण छिर्दा एकै ठाउँमा केन्द्रीभूत भई आगोसमेत पैदा हुन सक्ने काँचको साधन। | २. स्फटिक।
सत
ना.
[सं. सप्त/शत]
१. सय। | २. सात।
रसिली भास
ना.
रसिलो, सुरिलो भाका।
लुतो लाग्गु
टु.
कुनै छुटकारा पाउन कठिन हुने समस्या आइलाग्नु।
सर्वस्वीकृत
वि.
[सं.]
सबैले स्वीकार गरेको; सबै जना सहमत।
बाँड्नु
सक्रि.
[सं. बण्ड+नु]
१. आपसमा मिलाएर भाग लगाउनु; बाँडचुँड गर्नु। | २. वितरण गर्नु।
वक्तव्य
वि.
[सं.]
१. कुनै विषय वस्तुका बारेमा स्पष्टतापूर्वक भनिएको कुरो; वक्तृता; कथन। | २. भन्नु पर्ने वा भन्न उचित; कथनीय।
तागतदार
वि.
१. तागत दिने; तागतिलो; पौष्टिक (खानेकुरा)। | २. तागत भएको; बलियो।
परिपालन
ना.
[सं.]
राम्ररी लालनपालन गर्ने काम; संरक्षण।
दीनहीन
वि.
[सं. दीन+हीन]
१. दयालाग्दो; दयनीय। | २. दुःखी; दुःखद; पीडित; निमुखा। | ३. पीडित र दु:खी; शारीरिक अवस्था कमजोर भएको; भौतिक सम्पदा नभएको।
घुरघुराउनु
अक्रि.
१. निदाएका बेलामा घाँटीबाट आवाज निक्लिनु; घुर्रघुर्र गर्नु। | २. परेवा, ढुकुर आदि कराउनु; घुर्नु। | ३. मही पार्दा आवाज निस्कनु।
प्रयोजयिता
वि.
[सं.]
नियोजक; प्रयोग गर्ने; प्रयोगकर्ता।
टट्कारो
वि.
[टाठो+कारो]
स्पष्ट देखिने; खुलस्त; सफा; तड्कारो; टट्कालो।
झाड
ना.
झार फुक गर्ने काम।
नवीकरणीय
वि.
[सं. नवीकरण+ईय]
१ नयाँ पार्न सकिने; नवीकरण गर्न सकिने। २ नयाँ बनाउनु पर्ने; नवीकरण गर्नुपर्ने।
बास
ना.
[सं. वास]
गन्ध; मिठो बास्ना; सुगन्ध।
बेतौनी
क्रिवि.
बेतेनी२।
जीर्ण
वि.
[सं.]
१. थोत्रिएको; मक्किएको; गलेको; पुरानो; थोत्रो। | २. पचेको।
प्वासी
ना.
ढाकर बोकेर तीर्थ जानेहरू।
ज्ञानपीठ
ना.
[अस.]
शिक्षालय।
विधा
ना.
[सं.]
१. अंश; हिस्सा; भाग। | २. कामकाज; व्यवहार। | ३. काव्य वा साहित्यमा प्रचलित खास प्रकार वा किसिम। | ४. तरिका; शैली।
प्रभुभक्त
वि.
[सं.]
१. ईश्वरको भक्त। | २. प्रभुको भक्त वा प्रशंसक; प्रभुलाई आदर गर्ने। | ३. मालिकको भक्त।
न्यायवृत्ति
ना.
[सं.]
कानुनसम्बन्धी कामकाज गरेर चलाउने जीविका; कानुनी पेसा।
उचई
ना.
[मग.]
मगरात मूलका नेपालीको एक थर।
सुखाहारी
वि.
[सं.]
सुखसँग जीवन बिताउने; सुखी।
किराठा
ना.
घरको पछाडितिरको सानो गोरेटो बाटो वा घरपछाडिको भाग वा खण्ड।
निर्जीव
वि.
[सं.]
१. गतिहीन; जड। | २. जीव वा प्राण नभएको; मरेको; मृत। | ३. स्थावर।
बेँसीबाली
ना.
बेँसीमा हुने धान, मकै, मास, भटमास, आलु आदि विभिन्न बाली।
विश्वयोनि
ना.
[सं.]
१. भगवान्। | २. सृष्टिकर्ता; ब्रह्मा।
सोह्रश्राद्ध
ना.
आश्विन कृष्ण पक्षको प्रतिपदादेखि अमावास्यासम्मका पन्ध्र वटा श्राद्ध र आश्विन शुक्ल प्रतिपदाका दिन गरिने मातामह सहितको श्राद्ध; महालय श्राद्ध गरिने पितृपक्ष।
मुखचन्द्र
ना.
[सं.]
चन्द्रमाजस्तै सुन्दर मुख; मुख नै चन्द्रमा; चन्द्रमुख।
फिरौती
ना.
बन्दी आदिलाई फिर्ता गराउन बन्दीकर्तालाई दिनुपर्ने रकम वा सोबराबरको वस्तु; अपहरित व्यक्ति वा वस्तु फिर्ता गर्नुपर्दा माग गरिने रकम; त्यस्तो कुनै सर्त।
बरङ्नी
ना.
[अस.]
दान; अवदान।
घुस्सा
ना.
[घुस्स+आ]
१. कसैलाई पिट्न उठाइने कसिएको मुक्का; घुच्चा। | २. त्यस किसिमले गरिने प्रहार।
पुष्पित
वि.
[सं.]
फुलेको; फक्रिएको।
माथा बाउली
ना.
आशीर्वाद दिन कसैका टाउकामा हात राख्ने काम।
दिङतिचो
ना.
[हा.]
नेपालको पूर्वी पहाडी क्षेत्रमा बसोबास गर्ने हायू जातिको एक थर।
जीवाधार
ना.
[सं.]
जीवहरूको आधार; जीवनाधार।
परागण
ना.
[सं.]
भमरा आदिले एक फूलको केसर लगेर अर्का फूलमा हाल्ने कार्य; पराग सेचन; भालेपोथी फूलहरूको प्रजनन प्रक्रिया।
स्वावलम्बी
वि.
[सं.]
स्वावलम्बनको भावना भएको; आफ्नै खुट्टामा उभिएको; आत्मनिर्भर।
पाइला चाल्नु
टु.
डेग सार्नु; कदम बढाउनु।
भान्छेनानी
ना.
भान्छा तयार पार्ने केटी वा केटो; भान्छेबाहुन वा भान्छेबाहुनी; भान्छे।
बिँगट्याइ
ना.
बिँगटिने काम वा भावभङ्गी; बिँगठ्याइ।
लोङसयवा
ना.
[रा.]
नेपालको पूर्वी पहाडी क्षेत्र मूल थलो भएका राई जातिको एक थर।
विलीन
वि.
[सं.]
१. एकअर्कासँग जोडिएको; सम्बद्ध। | २. कुनै वस्तुमा घोलिएको; लय भएको। | ३. नदेखिने; अदृश्य; लुप्त। | ४. पग्लेको; गलेको। | ५. मरेको; मृत।
निक्लिनु
भाक्रि./ अक्रि.
हे. निक्लनु।
च्यासच्यास
क्रिवि.
१. अलि अलि छर्दा, झर्दा वा छुँदाको चालले। | २. पटक पटक तिखो मसिनो टुप्पाले घोच्ने किसिमले।