word
stringlengths
1
47
grammar
stringclasses
66 values
etymology
stringlengths
0
42
definition
stringlengths
2
2.89k
नेत्रमण्डल
ना.
[सं.]
आँखाको घेरा।
भ्यास्स
क्रिवि.
[अमू. (द्वि.) भ्यास]
१. फस्को माटो वा वस्तु एक्कासि खस्ने वा फुट्ने किसिमले। | २. हल्का र खुकुलो वस्तु एकाएक गाडिने गरी।
चारुता
ना.
[सं.]
सुन्दरता।
फलश्रेष्ठ
ना.
[सं.]
फलहरूमा उत्तम फल; आँप।
लुत्राउनु
सक्रि./ प्रेक्रि.
लुत्रुक्क पार्नु; लत्राउनु।
विलोमक
वि.
[सं.]
उल्टो क्रमले जाने वा काम गर्ने।
कठचोद्नी
ना.
[गन्गा.]
महिलालाई गाली गर्दा प्रयोग हुने शब्द।
हन्याटभन्याट
क्रिवि.
रिसले चुर भएर।
ठाँटिनु
अक्रि.
बरफमा परिणत हुनु; ठाँटो बन्नु; ठाँटिनु।
स्वरपरीक्षा
ना.
[सं.]
आवाजको परीक्षा; स्वरपरीक्षण।
कोतेधन्दा
ना.
१. कोतेले गर्ने खालको काम वा धन्दा। | २. घरायसी झर्कोलाग्दो काम; सुसेधन्दा।
सिमरौनगढ
ना.
[शाल्मली वन गढ]
सिम्रौनगढ।
सुङ्गर्पा
ना.
[मग.]
मगरात मूलका नेपालीको एक थर।
स्वदेशप्रेम
ना.
आफ्नो देशप्रतिको प्रेम; मातृभूमिप्रति प्रेम।
सुरुङमार्ग
ना.
सुरुङको बाटो।
पच्चिस
वि.
[सं. पञ्चविंशति]
१. चारैतिर फिँजिएका आठ/आठ कोठा हुने, तीन/तीन लहरका चार ओटा पाटा भएको थर्कीमा विभिन्न चार रङका चार चार ओटा गोटी लिएर सात ओटा कौडाले खेलिने एक खेल। | २. बिस र पाँचको योगबाट बन्ने सङ्ख्या; २५ को अङ्क। | ३. बिस र पाँचका योगको।
कौषीतकी
ना.
[सं.]
ऋग्वेदसँग सम्बन्धित एक उपनिषद्।
पोला
ना.
काँचो धागोको एउटा गुच्छो।
जालिम
ना.
[अ.]
अत्याचारी; दुराचारी, क्रूर।
पिलिल्ल
क्रिवि.
[अमू. (द्वि.) पिलि]
१. तरल वस्तु लगातार झर्दाको किसिमले। | २. तरलताले झोलिँदाको किसिमले। | ३. बत्ती, आँखा आदि लगातार बल्दा वा पिल पिल गर्दाको चालले।
वाक्‌प्रहार
ना.
[सं.]
बोलीबाट गरिने प्रहार; मुखभरिको जबाफ; व्यङ्ग्यप्रहार; छेडखान।
वायुचाप
ना.
[सं.]
हावाको चाप; हावाको दबाब।
आइँकाजी
ना.
भैँसीको मासु खानेलाई हियाएर भनिने शब्द।
आरोगी
वि.
[सं.]
हे. निरोगी
बेडौल
वि.
[बे+डौल]
छाँटकाँट वा रूपरङ्ग नमिलेको; नराम्रो ढाँचाकाँचाको; भद्दा।
फर्‍याङफुरुङ
क्रिवि.
[अमू.]
खुसी हुँदा, फुर्कँदाको किसिमले; फर्‍याकफुरुक।
हरीतकी
ना.
[सं.]
हर्रो।
मिच्छ्याउनु
प्रेक्रि.
मिच्छिन लाउनु; मिच्छिने पार्नु।
जन्तेबाख्रो
ना.
१. थोरैमा धेरै झोल हालेर धेरैलाई पुर्‍याउन बनाइएको तिहुन (ला.)। | २. बेहुली ल्याउने दिन जन्तीलाई खुवाउने भोज; जन्तेभोज; जन्तेभतेर।
अन्तरतम
वि.
[अन्तर+तम]
१. गहनतम; गूढतम। | २. धेरै भित्रको; भित्र गढेको; अन्तर्गर्भित।
पत्राली
ना.
[सं.]
चिट्ठीपत्र लेखिने ढाँचाको कागतका मुद्रित पानाहरूको एकाइ; प्याड (राङटिङ प्याड)।
इक्ष्वाकुवंश
ना.
१. प्राचीन कोशलदेशका राजाको वंश। | २. प्राचीन भारतका सूर्यवंशी शासक वंश; वैवस्वत मनुका सन्तति। | ३. रामायण तथा महाभारतमा उल्लिखित प्रसिद्ध शासक अनि जैन र बौद्ध धर्ममा उल्लेख भएका राजाहरूको वंश।
समभाग
ना.
[सं.]
बराबर भाग; भागमा घटीबढी नभएको अवस्था।
गोल्डस्मिथ
ना.
नेपालका आर्यमूलका कामी जातिको एक थर।
निहार
ना.
[सं.]
१. कुहिरो। | २. दृष्टिपात; पुल्को।
दमाड
ना.
दमार; बाँझो; खेती नगरिएको, सम्म परेको जङ्गलभित्रको चउर।
नौरान
ना.
नवजात शिशुको नामकरण; नाम राख्ने संस्कार; न्वारन।
सार्वजनिक लेखा समिति
ना.
[सं.]
विनियोजन लेखा वा आधिकारिक सभामा प्रस्तुत अरू कुनै हिसाबको जाँचबुझ गरी प्रतिवेदन तयार गरी पेस गर्ने सार्वजनिक समिति।
चापिल्ल
ना.
चापपछिका एक सिँजाली राजा।
बाटो हेर्नु
टु.
१. कसैको प्रतीक्षा गर्नु; बाटामा पर्खेर बस्नु। | २. कसैलाई पर्खनु; कसैको आस गर्नु।
नियमानुसार
क्रिवि.
[सं.]
नियम अनुसार; विधि विधान अनुसार; नियमबमोजिम।
दुश्चरण
ना.
[सं.]
खराब कर्म; कुकर्म; दुराचरण।
स्पिड
ना.
[अङ्.]
गति; वेग।
अनकनाउनु
अक्रि.
कुनै कुरा भन्न वा काम गर्न अकमक गर्नु; लकपकाउनु; अकमकाउनु।
करर्र
क्रिवि.
करकर आवाज आउने किसिमले।
सेबई
ना.
[अङ्.]
आँटा र मैदाबाट बनाइएको चाउचाउजस्तो तर अझ मसिनो खानेकुरा।
बागीना
ना.
[संक्षे. <बा+गी+ना]
बाजा, गीत र नाचको साझा नाम; तौर्यात्रिक संस्कृति।
खल्को
ना.
[सं. क्षालक]
जुठो लाग्ने बन्धु वा आफन्तको मृत्यु सुनेपछि गरिने स्नान; आशौच स्नान।
लैलै गर्नु
टु.
बालकलाई बहलाउँदा वा सुताउँदाको भाकामा नुनु गाउनु; नुनु गराउनु।
मथलारम्भ
ना.
१. घारघुर पार्ने काम। | २. भद्रगोल पार्ने काम। | ३. मथलको आरम्भ।
हृदयज्ञ
वि.
[सं.]
१. हृदयको कुरा जान्ने; मनको कुरा बुझ्ने। | २. हृदयको विशेषज्ञ।
पाखापखेरी
ना.
पहाडका भिरालो परेका जमिनहरू।
गमागमी
ना.
१. झन् छिटो खाने गरी वा भर्ने गरी; गमागम। | २. भरिभराउ वा टनाटन हुने स्थिति; लात्तीकुत्ती; पर्याप्त।
बाहाल
ना.
हे. बहाल।
तिर्पाई
ना.
हे. त्रिपाई।
बमबाज
वि.
बम हान्ने तथा पड्काउने।
लपसा
ना.
[गन्गा.]
मनदेखिको इच्छा; सौख; भित्री चाहना।
रेसमखेती
ना.
रेसमको किरो पालेर तन्तु उत्पादन गर्ने उद्योग।
अभिपाल
ना.
मुस्ताक राज्यका प्रथम संस्थापक राजा; मुस्ताङ जिल्लाको लो मान्ताङदेखि उत्तरपट्‌टिका डाँडाहरूको सिरानमा अवस्थित नामग्याल गुम्बाका संस्थापक राजा।
पगिया
ना.
[था.]
पगरी; फेटा।
सुरपुर
ना.
[सं.]
१. देवताहरूको राजधानी; अमरावती। | २. स्वर्ग।
निकासीपुकासी
ना.
निकासा गर्ने वा गराउने काम; निकासीको आदेश दिने वा लिने काम।
नकेल
ना.
१. उद्दण्डहरूलाई गरिने नियन्त्रण। | २. पशुलाई नियन्त्रणमा राख्न नाकमा लगाएको मुन्द्री।
देवसेना
ना.
[सं.]
देवताहरूको सैन्य।
अग्निशर्मा
वि.
[सं.]
ज्यादै रिसाहा; अत्यन्त क्रोधी।
निःशुल्क
वि.
[सं.]
१. शुल्क नलाग्ने गरी। | २. कर नलागेको; कर तिर्नु नपर्ने; तिरोभरो नपर्ने। | ३. शुल्क नलागेको; कर नलाग्ने; शुल्क तिर्नु नपर्ने।
नेप्य्राउनु
प्रेक्रि.
नेप्रिने तुल्याउनु; नेप्रिने पार्नु; नेप्राउनु।
जङ चल्नु
टु.
रिस उठ्नु; झोँक चल्नु।
ओडो
क्रिवि.
नजिक; ओर; वरतिर; यता।
दोसर्‍या जन्मन
वि.
धेरै बिरामीपछि सन्चो हुनु; ठुलो दुर्घटनाबाट बच्नु; दोस्रो जन्म।
जेथोमेथो
ना.
भएभरको सम्पत्ति; सिरीखुरी।
हाँसखेल
ना.
हाँस्दै, खेल्दै समय बिताउने काम; हाँस्नेखेल्ने काम; हँस्सीमजाक।
शिलापट
ना.
[सं.]
ढुङ्गाको पट वा आसन; ढुङ्गाको पाटी।
बेरस्पत
ना.
[गन्गा.]
बिहिवार।
चुत
ना.
[सं.]
मल त्याग्ने अङ्ग; गुदद्वार; मलद्वार।
ह्यौना
क्रिवि.
हे. ह्यौडा।
बटैयादार
ना.
अर्काको जमिन ठेक्का वा अधियाँमा कमाउने व्यक्ति; बटैयामा कमाउने व्यक्ति।
अर्गानिक
वि.
[अङ्.]
प्राकृतिक मल, वनस्पति आदिको उपयोगबाट उत्पादित; जैविक; प्राङ्गारिक।
त्यो
सर्व.
[सं. त्यत्]
१. अलिक टाढाको कुनै व्यक्ति, जनावर वा वस्तुलाई देखाउँदा प्रयोग हुने शब्द। | २. पहिले भनिएको व्यक्ति, जनावर वा वस्तु; ऊ; सो; निज।
प्याट्टपुट्ट
क्रिवि.
प्याट्ट हिर्काउने किसिमले; प्याट्ट हुने गरी।
विमानिक
ना.
[सं.]
१. विमानको धनी; विमान भएको मान्छे। | २. विमानसम्बन्धी।
सिटाइनु
कक्रि.
सिट्ने पारिनु।
होल्डर
ना.
[अङ्.]
१. तारसँग सम्बन्ध गराई बत्ती बाल्न बिजुलीको चिम अड्याउने साधन। | २. निब जडेर मसीमा चोबी लेख्ने कलम।
रोलर
ना.
[अङ्.]
१. घुम्ने डोलो चक्का | २. मुद्रण हुने सामग्रीमा मसी दल्ने उपकरणविशेष। | ३. लोहोरोजस्तो पेल्ने, पथार्ने आदि काम लिइने साधन; बेलन।
अग्रसारित
वि.
[सं.]
अगाडि सारिएको; कसैसमक्ष प्रस्तुत गरिएको।
ओ बाबा
१. ! | २. ओ बुबा ! आम्मै!
सुवृत्ति
ना.
[सं.]
१. असल आचरण; सदाचार। | २. उत्तम वृत्ति वा जीविका।