word
stringlengths
1
47
grammar
stringclasses
66 values
etymology
stringlengths
0
42
definition
stringlengths
2
2.89k
मर्मस्पर्शिता
ना.
[सं.]
मर्मस्पर्शी हुँदाको गुण वा अवस्था।
खुदेङ
ना.
[मणि.]
चुठ्ने भाँडो; चुठुवा।
सदाचरण
ना.
[सं.]
असल वा उत्तम आचरण; राम्रो चालचलन।
मध्यगत
वि.
[सं.]
१. बिचमा रहेको; बिचमा आएको वा ल्याइएको। | २. मध्यस्थ।
हर्सा
ना.
[सं. अर्शस्]
गुदद्वारको भित्रपट्टि खटिरो आउने र रगत बग्ने एक रोग; अल्काई; अर्श; पाइल्स।
बिङबिङाइ
ना.
बिङबिङाउने काम वा प्रक्रिया।
नेपाल प्रज्ञालङ्कार
ना.
[सं.]
१. अध्ययन, अनुसन्धानका माध्यमबाट नेपालको गौरवलाई अन्तर्राष्ट्रिय स्तरमा फैलाउन उल्लेखनीय योगदान गरेका कुनै एक विदेशी विद्वान्लाई नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा प्रत्येक तीन वर्षमा प्रदान गरिने एक मानार्थ अलङ्कार। | २. प्रज्ञालङ्कार।
कोरीबाटी
ना.
[कोर्+ई+बाट्+ई]
कपाल कोर्ने र चुल्ठो बाट्ने काम; केश आदि सलक्क पारेर मिलाउने, तलास्ने र सिँगार्ने काम।
भवानी भिक्षु
ना.
[सं.]
कपिलवस्तुमा जन्मेका आधुनिक नेपाली साहित्यका सुप्रसिद्ध साहित्यकार भवानीप्रसाद गुप्ताको साहित्यिक नाम।
विनिद्रता
ना.
[सं.]
१. जागरण। | २. विनिद्र हुँदाको स्थिति; बिउँझाइ; प्रबोध; जागराम।
निदिग्ध
वि.
[सं.]
मलमपट्टी आदि गरेर सुरक्षित पारिएको; लेप गरिएको।
तहर्‍याउनु
प्रेक्रि.
पानी निथार्नु; तर्काउनु।
बरकठै
विबो.
[बरा+कठै]
सहानुभूति जनाउँदा प्रयोग हुने शब्द; कठै।
धिपधिपाइ
ना.
धिप धिप गर्ने काम वा प्रक्रिया।
छस्याक्क
क्रिवि.
[अमू. (द्वि.) छस्याक]
हे. छसक्क।
झ्वाटझ्वाट
क्रिवि.
[द्वि. झ्वाट]
डोरी आदि एकभन्दा बढी पटक चुडिँदाको किसिमले।
ढिल्याउनु
सक्रि.
[ढिलो+याउ+नु]
काम गर्दा लाग्ने समयभन्दा ढिलो गर्नु; ढिलो पार्नु।
तेजित
वि.
[सं.]
तेजिलो पारिएको; धारिलो बनाइएको।
साइमुन्द्री
ना.
[साइमुन्द्रो+ई]
लिम्बू जातिको रीतिअनुसार ज्वाइँले ससुरालीलाई बुझाउनुपर्ने रकम (यो रकम नबुझाएसम्म छोरी मरेमा काजक्रिया माइतीतर्फकाले गर्नुपर्ने र बाबुले नतिरेको भए पनि सन्तानले रकम तिरेर क्रिया सार्न सकिने हुन्छ)।
पतङ्गबाजी
ना.
चङ्गा उडाउने खेल वा पन्छी (परेवा) उडाउने खेल।
समधिकता
ना.
[समधिक+ता]
बढी हुँदाको अवस्था; अधिकता।
मापाको
वि.
कडा मिजासको; रिसाहा; जङ्गी।
धन्धुकारी
वि.
१. उपद्रवी। | २. केही काम नगरी बरालिने (मान्छे)।
मनाही
ना.
[अ.]
निषेध; रोक्का।
पिण्डमुछौनी
ना.
१. पिण्ड बटार्ने कार्य। | २. बाह्र दिनसम्म प्रेतका निम्ति पिण्ड पकाउनका लागि दुध दुहुन प्रयोग गरिने गाई।
चन्जापन्जा
ना.
१. खटनपटन; अराइपराइ। | २. चाँजोपाँजो; बन्दोबस्त। | ३. बाँडफाँड; रप्फाडप्फा। | ४. यताउति पार्ने काम; परिवर्तन; चेन्जफेन्ज।
निर्माणशिल्प
ना.
[सं.]
निर्माणसँग सम्बन्धित शास्त्र।
हुलाकिया
ना.
हुलाकी; हलकारा।
उन्मेषित
वि.
[सं.]
१. खुलेको वा उघ्रेको (आँखा)। | २. विकसित; फुलेको।
मृडा
ना.
[सं.]
पार्वती; गौरी।
मुन्डो
ना.
टाउको; मुन्टो।
अनेपाली
वि.
नेपालीभन्दा भिन्न; नेपाली इतर।
सामाजिक सद्भाव
ना.
[सं.]
समाजमा मिलेर बस्ने भावना; समाजमा रहेका व्यक्तिहरूका बिच आत्मीयता।
महामारी
ना.
[सं.]
हैजा, प्लेग आदि सङ्क्रामक रोग; देसान।
अभोज्य
वि.
[सं.]
खान नहुने; खान अयोग्य; अखाद्य।
कुपोष्य
वि.
[सं.]
कुपोषणीय।
दिनका दिन
क्रिवि.
सधैँ, दिनप्रतिदिन; दिनदिनै।
लालच
ना.
[सं. लालस]
१. अति लोभ; अनुचित इच्छा। | २. कुनै वस्तु पाउने तीव्र इच्छा; लालसा; तिर्सना।
आतबात
ना.
१. अगिपछि। | २. कुराकानी।
त्रिपुरासुन्दरी
ना.
१. डोल्पा जिल्लामा रहेको एक नगरपालिका। | २. धादिङ जिल्लामा रहेको एक गाउँपालिका। | ३. सिन्धुपाल्चोक जिल्लामा रहेको एक गाउँपालिका।
हैमन्तिक
वि.
[सं.]
हेमन्त ऋतुको; हेमन्तसम्बन्धी।
मड्क्याइनु
कक्रि.
मड्किन लगाइनु; घस्ट्याइनु।
अलिनो
वि.
[सं. अलवण]
१. खल्लो; बेस्वादको। | २. नुन नभएको; नुन नहालेको; बिलिनो।
धर्मकृच्छ्र
ना.
[सं.]
धार्मिक दृष्टिले कुनै काम गर्दा उचित अनुचित छुट्याउनका निम्ति हुने द्विविधा; धर्मसङ्कट।
नीत
वि.
[सं.]
१. ग्रहण गरिएको; प्राप्त। | २. बितेको। | ३. लगिएको; पुर्‍याइएको।
गुञ्जमान
वि.
[सं.]
गुन्जिँदै गरेको; गुञ्जायमान।
कोसलिया
ना.
पेवा; निजी सम्पत्ति।
हट्ठी
ना.
[प्रा. हत्थ]
एकलौटी हक; एकाधिपत्य; एकाधिकार।
जोकर
ना.
[अङ्.]
१. उटुङ्ग्याहा वा हाँसोलाग्दो कामकुरा गरेर मानिसलाई हँसाउने व्यक्ति; विदूषक; ठट्यौलो व्यक्ति। | २. तासमा बाउन्न चक्कीबाहेक अनौठो चित्र भएको चक्की। | ३. बाउन्न चक्कीभित्रबाट निर्धारित तासको विशेष पत्ती।
कुप्रामावली
ना.
हजुरबा, हजुरआमाको मावली।
ऐनको उल्लेख
ना.
१. अड्डा वा अदालतबाट लेखापढी वा निर्णय गर्दा प्रमाणका निम्ति दिइने कानुनी महल, दफा, उपदफा आदिको हुलिया। | २. फलाना ऐनको फलानो नम्बर (दफा, उपदफा) ले यस्तो भएको र यस्तो हुनुपर्छ भनी देखाइएको ऐनको नजिर; नजिरको उल्लेख।
पूर्वीय संस्कार
ना.
[सं.]
एसियाली या भारतीय संस्कार।
खाप्टा
ना.
[नेवा. हापा]
मोटो बाँसलाई चिरा पारी प्याङ आदि बनाउन तयार पारिएका फराकिला भाटा।
कबई
ना.
[तुल. सं. काकमाची]
पाकेपछि काला वा राता झन्डै लालगेडीजत्रा फल फल्ने एक झार; कबै।
कुदर्शन
ना.
[सं.]
१. अशुभसूचक दृश्य। | २. असुन्दर रूप; कुरूप; भद्दा।
जार
ना.
[अङ्.]
पानी राख्न प्रयोग गरिने बिर्को लगाउन हुने गरी बनाइएको ठुलो भाँडो।
ठुली
वि.
[ठुलो+ई]
१. ठुलाकी स्त्री। | २. पहिले जन्मेकी; जेठी। | ३. मान वा शरीरको कदले बढी।
खाङ्ग्रे
वि.
[खाङ्ग्रो+ए]
१. ठुलो आकारको डोको; खाङ्ग्रो। | २. खाङ्ग्रो बोकेर हिँड्ने।
पथिकालय
ना.
[सं.]
पथिक बस्ने ठाउँ; पाटी; धर्मशाला।
शश
ना.
[सं.]
१. कामशास्त्रअनुसार चार किसिमका पुरुषमध्ये मधुरभाषी, सत्यवक्ता, सुशील र गुणग्राही व्यक्ति। | २. खरायो; चौघडा।
मागमुग
ना.
माग्ने काम; माङमुङ।
महासिद्धि
ना.
[सं.]
हे. अष्टसिद्धि।
अध्यात्मतत्त्व
ना.
[सं.]
परमात्मा तत्त्व; भित्री ज्ञान; तत्त्वज्ञान; आत्मज्ञान।
विडालाक्ष
वि.
[विडाल+अक्ष]
बिरालाको जस्तो आँखा भएको।
ठेटी
ना.
हलोमा हरिस अड्काउने ठेडी।
जाँठा
ना.
ठुलठुला लट्ठी।
नाकनक्सा
ना.
अनुहार र शरीरको बनावट; चेहरा; मुहुडा।
विकासात्मक
वि.
[सं.]
विकाससम्बन्धी; विकासमा आधारित।
जीवनवृत्त
ना.
[सं.]
१. जीवनको परिधि। | २. जीवनचरित; जीवनी। | ३. जीवनचरित्र।
कुर्लाउनु
प्रेक्रि.
कराउन लाउनु; कुर्लन लाउनु।
सवैया
ना.
[सवा+ऐया]
१. एक चौथाइको मात्रा वा परिमाण। | २. सवाको गन्ती वा पहाडा। | ३. हे. सबाई।
मनखुसी
ना.
[मन+खुसी]
१. चाहेअनुसार; इच्छाअनुसार; मनमोजी। | २. मनको खुसी वा आनन्द; मनखुस।
पूरकपद
ना.
[सं.]
१. कमी पूरा गर्न थपिएको पद वा शब्द। | २. कुनै संरचनामा वा कार्यकारी पदमा पूरा नभएको वा भएको अभावलाई पूर्ण गर्न थपिएको पद वा दर्जा।
फ्ल्याट
ना.
१. घरको तला। | २. लमाइ, चौडाइको तह मिलेको जमिन, कोठा आदि।
धोर्‍याङ
ना.
[धड+अङ्ग]
गर्धनदेखि पुट्ठासम्म गएको ढाडको सोझो हाड; मेरुदण्ड।
थिरी
विबो.
[सं. स्थिर>थिर+ई]
१. भरखर उभिन जानेको बालकले उभिने काम; उभिने क्रिया; थिगिरी (बाबो.)। | २. ३ बालकलाई उभिन उत्साह दिँदा उच्चारण गरिने शब्द।
घोपाउनु
प्रेक्रि.
घोप्न लाउनु; घोचाउनु।
सार्गल
वि.
[स+अर्गल]
१. आग्लो भएको; सीमाबद्ध। | २. थुनिएको; बन्द भएको।
सहँगो
वि.
सस्तो। तुल. महँगो।
नेप्टे नाक
ना.
नेप्टिएको नाक; थेप्चो नाक।
थुर्मे
वि.
[थुर्मी+ए]
१. घिउतेलको व्यापार गर्ने व्यक्ति। | २. गोठाले; जङ्गली।
पाक्चे
ना.
एक प्रकारको फल।
लाला
वि.
[सं. लालन]
१. असोज, कार्तिकमा गाइने थारूगीत। | २. बालक; बच्चो; बालो। | ३. प्रिय; प्यारो; लाल।
फाक्लेछा
ना.
[लि.]
लिम्बू जातिका नेपालीको एक थर।
कमरेड
[अङ्.]
१. मित्र; सहयात्री। | २. साम्यवादी दलका सदस्यहरूबिच आत्मीयता दर्साउन भनिने शब्द; कामरेड।
बोक्साबोक्सी
ना.
[बोक्सो+बोक्सी]
बोक्सो र बोक्सी।
विशेषाज्ञा
ना.
[सं.]
१. कसैलाई दिइएको विशेष आदेश। | २. वारेन्ट।
तुस
ना.
[सं. तुष]
१. कुनै वस्तुको शेष, बाँकी; अवशेष; कसर; कस। | २. वैरभाव; इबी; दागा; द्वेष।
लोकभावना
ना.
[सं.]
१. जनताको मनोभावना। | २. लोक वा जनताको सेवा, कल्याण, उपकार आदि गर्ने भावना।
सुस्तरी
क्रिवि.
बिस्तारै; सुस्त हिसाबसँग; सुस्त।
सर्वकारी
वि.
[सं.]
सबै कार्य गर्ने।
डिनर
ना.
[अङ्.]
१. बेलुकाको खाना। | २. रात्रिभोज।
संहारक
वि.
[सं.]
संहार वा नाश गर्ने; विनाशकारी; संहारकर्ता; विनाशक।
सेमर
ना.
फलबाट रुवाजस्तो तत्त्व निस्कने एक प्रकारको रुख।
ढड्नेसो
ना.
ढाडको हाड।
कोठाकोठी
ना.
[कोठो+कोठी]
१. घरका सानाठुला कोठाको समूह। | २. बाकस, भाँडा आदिका ससाना धेरै खण्ड।
सेटो
ना.
पातलो डन्डी; सन्ठी; सिटो।
बोकसा
ना.
नेपालको तराई र भित्री मधेसमा बसोबास गर्ने थारू जातिको एक थर।
बुर्थुङ बुर्थुङ
क्रिवि.
मोटो र छोटो मान्छे बिस्तारो लच्किएर हिँड्दाको ढङ्गले।
अकड्याउनु
प्रेक्रि.
अकडिने पार्नु; अकडिन लगाउनु।