word
stringlengths
1
47
grammar
stringclasses
66 values
etymology
stringlengths
0
42
definition
stringlengths
2
2.89k
साम्पाङ
ना.
[रा.]
१. नेपालको पूर्वी पहाडी क्षेत्र मूल थलो भएका राई जातिको एक थर; तिनैले बोल्ने भाषा; खोटाङ मूलथलो भएको किराँत राई जाति। | २. भोजपुर जिल्लाको उत्तरी क्षेत्रमा पर्ने एक गाउँ।
सुरद्वार
ना.
[सं.]
स्वर्गको ढोका।
भुनुनु
क्रिवि.
[अमू. (द्वि.) भुनु]
मौरी, झिँगा आदि उड्दै कराउनु; भुन भुन गर्नु; गुनगुनाउनु।
विस्तृति
ना.
[सं.]
लम्बाइ, चौडाइ, मोटाइ वा सबै किसिमबाट भएको फैलावट; विस्तार; फैलाउ; फैलोट।
अल्पमूल्य
वि.
[सं.]
कम मूल्यको सस्तो।
मोहनमाला
ना.
[सं.]
खास गरेर कुमाल जातिले लगाउने, तिलहरीजस्तो लाम्चो गहना।
सुसेलाइ
ना.
सुसेल्ने काम वा प्रक्रिया।
बन्दबस्त
ना.
हे. बन्दोबस्त।
तान्छोप्पा
ना.
[लि.]
बिहान देखा पर्ने शुक्र ग्रह।
खोक्नु
सक्रि./ अक्रि.
[खोकी+नु]
घाँटीको कफ निकाल्न वा सकसकी मेट्न ख्वाकख्वाक शब्द निकाल्नु; ख्वाकख्वाक शब्दका साथ श्वासनलीबाट वेगसहित वायु निस्कनु।
प्रेमिल
वि.
[प्रेम+इल]
प्रेमले परिपूर्ण; प्रेममय।
असान्निध्य
ना.
[सं.]
सान्निध्यको अभाव; दूरता; अन्तर।
शैवस्थली
ना.
[सं.]
शिवको क्षेत्र; पाशुपत क्षेत्र।
मूलविष
ना.
[सं.]
विषमय जरा हुने बोटबिरुवा; जरामै बिख हुने बोट।
परिवार नियोजन
ना.
[सं.]
महिला वा पुरुषले सन्तान नहोस् भनेर प्रजननस्थलको नसच्छेदन गर्ने क्रिया।
वरत्र
ना./ क्रिवि.
[वर+ सं. अत्र]
यो लोक; यस लोकका निम्ति; यस संसारमा।
१. कुनै कुराको वर्गीकरण गर्दा दोस्रो श्रेणीबोधक अक्षर सङ्केत; लेखाइका क्रममा विभाजनमा व्यञ्जन वर्णको प्रयोग गरिँदा दिइने क्रमबोधक दोस्रो चिह्न। | २. देवनागरी वर्णमालाको व्यञ्जन वर्णमध्ये दोस्रो वर्ण; कण्ठस्थानबाट उच्चारण हुने, स्पर्शी, अघोष, महाप्राण ध्वनि; कवर्गको दोस्रो वर्ण; लेख्य रूपमा सो व्यञ्जन वर्णको प्रतिनिधित्...
आवाजुङ
ना.
[लि.]
लिम्बू जातिका नेपालीको एक थर।
नदीपङ्क
ना.
[सं.]
नदीको किनारका छेउछाउमा हुने चिप्लो हिलो; धाप।
बाटो लाउनु
टु.
बाटोतर्फ अग्रसर गराउनु; अनुकूल गराउनु।
मितछोरो
ना.
मितको छोरो।
स्थायीकृत
वि.
[सं.]
स्थायी गरिएको; स्थायीकरण भएको।
फक्ताङ्लुङ
ना.
[लि.]
१. कुम्भकर्ण हिमाल। | २. ताप्लेजुङ जिल्लामा रहेको एक गाउँपालिका।
प्रतिकूलत्व
ना.
[सं.]
प्रतिकूल हुँदाको अवस्था; विरुद्ध हुने स्थिति; अभेक।
चरैया
वि.
[चर्+ऐया]
१. चराउने काममा खटिएको वा चराउने काम गर्ने। | २. चर्ने वा चर्दै रहेको।
हुनहुनाइ
ना.
हुनहुन आवाज निकाल्ने काम वा प्रक्रिया।
भन्सार गोदाम
ना.
भन्सारमा रहन आएका जिन्सी सामानहरूलाई थान्को लगाइने घर; भन्सारको भँडारघर।
तमे
सर्व.
तिमी।
श्रुतार्थ
ना.
[सं.]
शब्द सुन्दैमा अर्थ छर्लङ्ङ हुने कुरो।
प्रश्नखण्ड
ना.
[सं.]
प्रश्नको टुक्रा वा विभाग।
गुराउँस
ना.
हे. गुराँस।
अस्पर्श
ना.
[सं.]
स्पर्शको अभाव; छुन नमिल्ने वा नछोइने स्थिति।
कूटता
ना.
[सं.]
कपटीपना; छलकपट, जालझेल।
तमिस्रा
ना.
[सं.]
कृष्णपक्षको रात; अँधेरी रात।
लडन्तभिडन्त
ना.
एकाअर्कालाई प्रहार गर्ने र लडाउने काम।
नामपट
ना.
[सं. नाम+पट]
कुनै व्यक्ति, संस्था आदिको नाम लेखिएको कागज, काठ वा धातुको पाता।
खुरदार
वि.
खुर भएको (जन्तु)।
अनुलाभांश
ना.
[सं.]
अतिरिक्त; लाभांश; बोनस।
च्वाम्मचुम्म
ना.
म्वाइँ खाँदाको ढङ्गले।
उतर्नु
अक्रि.
१. उत्रनु। | २. हे. ओर्लनु।
धामी
[प्रा. धम्मि]
१. देवताको छाप परेका धामीझाँक्री। | २. धामी थर भएको क्षत्रीविशेषको जात। | ३. धिमाल जातिका ग्रामदेवताको पुजारी। तुल. झाँक्री। | ४. भूत, प्रेत, बोक्सी, डाइनी, लागो आदिको आशङ्कामा सो रोग निको गराउन शरीरमा देउदेउता वा भूतप्रेत आदिको प्रवेश गराएर तन्त्रमन्त्र प्रयोग गरी झारफुक गर्ने व्यक्ति; झाँक्री।
उपहास
ना.
[सं.]
१. अर्कालाई लज्जित तुल्याउन वा खिसी गर्न गरिने हँस्सीठट्टा; गिल्ला। | २. निन्दा; बदनामी।
घिस्रिनु
अक्रि.
घिस्रनु।
छाती थाप्नु
टु.
जस्तो कडा समस्या परे पनि धीर बनेर सहनु; आडभर लिनु; आँटिलो र सुरो हुनु।
बेर्नु
सक्रि.
[सं. वेष्टन+नु]
कुनै चिज वा वस्तुलाई धागो, कपडा आदिले लपेट्नु; घेर्नु; जेल्नु; फन्को मार्नु; गुजुल्ट्याउनु।
अभिज्ञापित
ना.
[सं.]
विशेष जानकारी गराइएको; अभिज्ञापन गरिएको।
ट्याम्के
वि.
[ट्याम्को+ए]
१. ट्याम्को भिर्ने, बजाउने वा लिएर हिँड्ने। | २. ट्याम्कोजस्तो; पुड्को र भुँडे। | ३. भोजपुर जिल्लामा रहेको एक अग्लो शिखर।
स्वरसंयोजन
ना.
[सं.]
स्वरसन्धान।
अध्यात्मदर्शन
ना.
[सं.]
आत्मा एवं परमात्माबारे चिन्तन; ईश्वरसम्बन्धी चिन्तन।
न्यायिक निरूपण
ना.
[सं.]
कानुनमा आधारित छानबिन तथा विवेचन।
धोत्यालो
ना.
लँगौटी।
सिबाय
नायो.
[<सिबाय]
१. बाहेक; विना। | २. समेत; पनि।
अधिसिद्धान्त
ना.
[सं.]
विगतमा विकास भएका सिद्धान्तलाई विश्लेषण गरी स्थापना गरिएको नयाँ सिद्धान्त।
छ्यार्कु
ना.
हे. घुम।
ठुसठुसानो
वि.
ठुस्केको; रिसाएको।
सङ्ग्रेलो
ना.
१. मुस्लो; आवेग; प्रवाह। | २. सङ्ग्रालो; फैलावट। | ३. सम्झनाको उभार।
धरगर
वि.
[गन्गा.]
तिखो; धारिलो; तीक्ष्ण।
ढुसाइनी
ना.
एक प्रकारको मस्टो।
चोरकमिलो
ना.
झुक्याएर वा छलेर ज्यादै असह्य हुने गरी चिल्ने कालो रङको कमिलो।
लाछलुछ
ना.
१. खोसाखोस; लुटलाट। | २. लाछ्ने र लुछ्ने काम; लुछाचुँडी; लुछलाछ।
सौराहा
ना.
चितवन जिल्लाको चितवन राष्ट्रिय निकुञ्जनेर रहेको प्रसिद्ध पर्यटकीय स्थल।
अह्रौटो
ना.
[अह्राउ+औटो]
हे. अरौटो।
छप्ल्याकछुप्लुक
क्रिवि.
[अमू. (द्वि.) छप्ल्याक]
हे. छप्ल्याङछुप्लुङ।
बुढा
वि.
'बुढो'को बहुवचन वा आदरार्थी रूप।
नलीहाड
ना.
नलीखुट्टाको हाड।
उगल्च्याइ
ना.
उगल्चिने काम वा प्रक्रिया।
बुढीगाँठो
ना.
हातगोडाका बुढीऔँलामा हुने गाँठो।
आचार्यक
ना.
[सं.]
आचार्यको काम, आचार्यत्व।
बद्लाउनु
प्रेक्रि.
बदल्न लगाउनु; बदल्ने पार्नु।
पीठमर्द
ना.
[सं.]
१. नटीलाई नाच सिकाउने उस्ताद। | २. लामो प्रासङ्गिक कथाको नायक; पताकाको नायक; मुख्य नायकभन्दा गुणमा केही कम भएको उपनायक। | ३. संस्कृत साहित्यशास्त्रअनुसार आफ्ना कुराका चातुर्यले नायिकाको मानभङ्ग गर्न जान्ने नायकको मित्र।
क्षणिकता
ना.
[सं.]
क्षणिक हुनुको अवस्था।
कोइरी
ना.
तराईतिर तरकारी खेती गर्ने र बेच्ने काम गर्ने एक जाति; तराई मूलका नेपालीको एक थर।
भाटो
ना.
[प्रा. भाट्टओ]
बाँसका चिराको लामो फग्लेँटो; धुरीमा दलिनमाथि तेर्साइने बाँस आदिको सुप्लो; भाटा।।
थाङ्ने जरो
ना.
धेरै दिनसम्म लगातार आउने जरो; म्यादी जरो।
भाजय
ना.
[गु.]
नेपालको मध्यपश्चिमी पहाडी क्षेत्रमा बसोबास गर्ने गुरुङ जातिको एक थर।
अङ्गचालन
ना.
[सं.]
शरीरको अङ्ग चलाउने काम।
भूराजनयिक
वि.
[सं.]
१. त्यस विषयमा पोख्त भएको। | २. भूराजनीतिसम्बन्धी।
हानितिङ्गे
ना.
[रा.]
नेपालको पूर्वी पहाडी क्षेत्र मूल थलो भएका राई जातिको एक थर।
छेडाइ
ना.
[छेड्+आइ]
छेड्ने काम; छेड्ने ढङ्ग वा विधि।
महागद
ना.
[सं.]
लगातार निस्लोट पार्ने कडा जरो; विषमज्वर।
इतुक
वि.
यति; यतिका; इतिको।
हेज
ना.
[अङ्.]
घरको परिसर वा बगैँचामा बराबरीमा लगाई काटछाँट गर्न मिल्ने फूल वा झाडी।
घरवालो
ना.
१. घरको मालिक। | २. पति।
यन्त्रचातुर्य
ना.
[सं.]
यन्त्रलाई जडान गर्ने, सञ्चालन गर्ने आदि ज्ञान; यन्त्र सञ्चालनको दक्षता; कालिगडी।
भ्रममूलक
वि.
[सं.]
मूल रूपमा भ्रम पार्ने; भ्रमले उब्जिएको।
चुक्चुकी
क्रिवि.
मनमा अनेक भाव विचार आइरहने गरी; छटपटी भइरहने गरी।
नियन्त्रणकक्ष
ना.
[सं.]
रेडियो, चलचित्र, जहाज आदिलाई ठिकसँग चलाउने वा परिचालन गर्ने कक्ष (कन्ट्रोलर बुथ)।
पल्ट्याङपुल्टुङ
ना.
१. लगातार पल्ट्याङका साथमा। | २. लगातारको पल्ट्याङ।
पादकटक
ना.
[सं.]
पाउजेब।
झिज्याउनु
प्रेक्रि.
झिजो लाउनु; पिरोल्नु; दिक्क पार्नु।
आत्मिकता
ना.
[सं.]
आत्मिकको अवस्था; आत्मीयता।
छ्यापली
ना.
पशुहरूको पुच्छर झर्ने एक रोग।
तान्त्रिक
वि.
[सं.]
१. तन्त्रमन्त्र जान्ने वा त्यसको प्रयोग गर्ने व्यक्ति; तन्त्रशास्त्र जान्ने व्यक्ति। | २. तन्त्रशास्त्रको; तन्त्रसम्बन्धी।
प्राण धान्नु
टु.
जीवननिर्वाह गर्नु।
वासी
वि.
[सं.]
कुनै ठाउँ बुझाउने शब्दका पछिल्तिर गाँसिएर 'त्यहाँ रहने' वा 'बसोबास गर्ने' भन्ने अर्थ बुझाउने विशेषण।
प्रजनित
वि.
[सं.]
१. उब्जेको; पैदा भएको। | २. प्रजनन भएको; जन्मिएको।
निष्कामुक
वि.
[सं.]
रतिरागको भावनाबाट मुक्त।
काँचो भाँडो
ना.
विश्वास गर्न नसकिने मानिस; अपत्यारिलो मान्छे।
भवानीनन्दन
ना.
[सं.]
भवानीपुत्र; गणेश; कार्तिकेय।
पन्चेबाजा
ना.
पन्चैबाजा।